Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अब फेक आइडी बनाएर गलत प्रचार गरे पाँच वर्ष जेल वा १५ लाख जरिवाना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अब कोही कसैले सामाजिक सञ्जालमा फेक आइडी बनाएर वा छद्मभेषी पहिचान निर्माण गरेमा पनि कसुर हुने भएको छ । तोकेको निकायमा सूचीकरण नभए फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने गरी सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेसँगै यो विषय बाहिर आएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङका तर्फबाट विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ ।

विधेयकमा फेक आइडी, पेज तथा समूह बनाई सामग्री प्रचार गरेमा तीन महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव गरिएको छ । सामूहिक वा व्यक्तिगत रूपमा स्थायी वा अस्थायी समूह पेज वा अन्य आइडीबाट राष्ट्रहित प्रतिकूल कार्य गरेमा पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ ।

त्यस्तै आइडी ह्याक गरेमा तीन वर्षसम्म कैद र १५ लाख रुपैयाँसम्म जरिवाना, कसैको निजी वा सार्वजनिक तस्विर सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिक गरेमा र त्यस्तो कार्यको धम्की दिई आर्थिक लाभ लिएमा तीन वर्षसम्म कैद र १५ लाख रुपैयाँसम्म जरिवाना, अश्लील तथा मिथ्या सामग्री प्रचार गरेमा दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना लगायतका प्रस्ताव सरकारले गरेको छ ।

विधेयकमा संघीय संसदबाट कानुन पारित भई कार्यान्वयनमा आएको छ महिनाभित्र हाल सञ्चालनमा रहेका प्लेटफर्महरू सूचीकरण हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

Health Tips Ad Road Block