काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार पनि घटेको मूल्यले सोमबार पनि निरन्तरता पाएको हो ।
सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ रहेको छ ।
चाँदी प्रतितोला १८५० रुपैयाँमा रहेको छ ।






















