काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने समय सीमा थपिदिएको छ । गत पुस अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्ने समय थप गरिदिएको हो ।
२०८० माघ १७ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीहरूले एक वर्षभित्र चुक्ता पुँजी २० अर्ब पुर्याउनु पर्ने निर्णय गरेको थियो । प्राधिकरणले तोकेको एक वर्षको सीमा माघमा सकिने समय अगावै म्याद थप भएको हो ।
हाल नेपालमा दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्।
नेपाल पुनर्बीमाको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार ७८ रुपैयाँ रहेको छ भने हिमालयन रिको पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ।






















