Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कर्मचारीलाई मन्त्री दाहालको निर्देशनः ‘कामको फेहरिस्त लामो छ, भन्न नहिचकिचाउनु’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नहिचकिचाईकन कानूनले दिएको अधिकार उपयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नियत सफा राखेर दायित्वलाई नबिर्सि कानूनले दिएको अधिकार उपयोग गर्न उनले निर्देशन दिएका हुन् ।

नेपाल निजामती कर्मचारी संगठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विभागीय समितिको १२ औँ अधिवेशनको उद्घाटन शत्रलाई सम्वोधन गर्दै उनले शिघ्र सेवा र तिव्र विकासको मर्मलाई आत्मसाथ गर्न समेत आग्रह गरे । कर्मचारीले आफ्नो अधिकार र दायित्वलाई नभुलि कार्य सम्पादन गरे प्रशासनिक क्षेत्रमा राजनीतिक नेतृत्वले कुनै र केही हस्तक्षेप नगर्ने भन्दै मन्त्री दाहालले हस्तक्षेप गर्नु पर्ने र नपर्ने कर्मचारीको कार्यसम्पादनमै निर्भर रहने समेत प्रष्ट पारे ।

अहिलेको सरकार मुख्य राजनीतिक दलहरु सम्मिलित सरकार भएकाले सरकार ढलि हाल्छ भन्नेहरुले पहिले अंकगणितको ख्याल राख्न समेत उहाँले स्मरण गराउनुभयो । अहिलेको सरकार गठन भएको ६ महिनाको अवधीमा सरकारले के काम ग¥यो भन्नेहरुलाई उपलव्धिका फेहरिस्त सुनाउन समेत कर्मचारीलाई मन्त्री दाहालको आग्रह छ ।

काठमाडौं तराई–मधेश द्रुतमार्गमा पर्ने धेद्रे सुरुङ् तथा सिद्धबाबाको सुरुङ् छिचोलिएको, नागढुंगा सुरुङ मार्ग सञ्चालनका लागि ‘मोडालिटी’ तयार भई रहेको, मुग्लिन–पोखरा तथा, नारायढघाट–बुटवल सडक निर्माणले गति लिएको, केहि प्रमुख विधेयकहरु संसदको यहि हिउँदे अधिवेशनमा पेश हुने अवस्थामा पुगेको भन्दै मन्त्रालयले गरेका कामहरुको सूची लामो भई सकेको समेत उनले उल्लेख गरे ।

मन्त्रालयको जिम्मेवारी सम्हाल्न साथ विपी राजमार्ग सहितका सडकहरु बाढी–पहिरोले क्षत विक्षत पारे पनि तुरुन्त यातायात सञ्चालनको अवस्थामा ल्याईएको, बेलिब्रिजहरु धमाधम जडान भएको र भई रहेको भन्दै आगामी वर्षायाममा समेत सहज रुपमा यातायात सञ्चालनको वातावरण बनाउन मन्त्रालय लागि रहेको पनि उनले उल्लेख गरे ।

संगठनको विभागीय समितिका अध्यक्ष प्रमोद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले कर्मचारी संगठन तथा ट्रेड युनियनहरु श्रृजनशिल हुन सके कार्य सम्पादन पनि छरिटो र प्रभावकारी हुन सक्ने बताए । कर्मचारी अगुवाहरुले भने संसदको आगामी अधिवेशनबाट संघीय निजामती सेवा ऐन पारित हुनु पर्नेमा जोड दिएका थिए ।

Health Tips Ad Road Block