काठमाडौं । मंगलबार सुनचाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँ रहेको छ ।
चाँदी प्रतितोला १८७५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।






















