skip this News Page Tips Ad Road Block

आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । डिजिटल वालेट आइएमई पे अब धरहरा भ्रमणको निम्ति टिकट भुक्तानी पार्टनरको रुपमा रहने भएको छ । नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९आवास तथा भवन०द्वारा संचालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीहरुले अनलाइन टिकट खरिद गर्न सक्नेछन्। टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आइएमई पे छनोट गरि टिकट बुक गर्न सकिने कम्पनीले जनाएको छ ।

परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आउने क्रममा आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप लाभ प्रदान गर्दै आएको जनाएको छ ।

 

Health Tips Ad Road Block