काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने जनाएको छ । प्राधिकरणले बिजुलीको खम्बा परिवर्तन गर्नुपर्ने भएकाले आज बिहान ९ः३० देखि ४ बजेसम्म बिजुली कटौती गर्न लागेको जनाएको छ ।
प्राधिकरणले जारी गरेको सूचना अनुसार पुल्चोक वितरण केन्द्रको कुपन्डोल फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शंखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा आज बिजुली जानेछ ।
त्यस्तै भोलि पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शंखमूल, यूयान पार्क, शंखमूल टाउन प्लानिङ क्षेत्रमा बिहान ११ बजेदेखि २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ । बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत प्राधिकरणले जनाएको छ ।





















