काठमाडौं । बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो ।
बजारमा सुन प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १८८० रुपैयाँ रहेको छ ।





















