काठमाडौं । आजदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
निगमका अनुसार डिजेल/मट्टितेलमा ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल/मट्टितेलमा ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो ।
अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०,दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ ।
नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ ले बढेर आएको छ ।






















