Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

धादिङ उद्योग वाणिज्य संघ अध्यक्षमा डल्लाकोटी र वरिष्ठ उपाध्यक्षमा भण्डारीसहित सबै सर्वसम्मत

Citizenlife ad 2082 falgun to baishak 2083

धादिङ । धादिङ उद्योग वाणिज्य संघको ३१ औँ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनले रामकुमार डल्लाकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । विधानत वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने प्रक्रिया अनुरुप डल्लाकोटी अध्यक्ष बनेका हुन् । संघको विधान संशोधनमार्फत वरिष्ठ उपाध्यक्ष आगामी अधिवेशनबाट स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।

यसैगरी अधिवेशनले युवा उद्यमी रोहित भण्डारीलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सुदर्शन रिजालले आफ्नो उम्मेद्वारी फिर्ता लिएर भण्डारीलाई समर्थन गरेपछि वरिष्ठ उपाध्यक्ष सर्वसम्मत भएको हो ।

अधिवेशनबाट एसोसियट सदस्यमा बलराम खत्री, तिलक सिंम्खडा, वस्तुगत सदस्यमा रामचन्द्र गिरी, विष्णुमणि श्रेष्ठ, उद्योग सदस्यमा गोविन्द भण्डारी, राजकुमार श्रेष्ठ, वाणिज्य सदस्यमा रामजी अधिकारी, सुदिप रसाईली, महिला सदस्यमा ज्ञानु थपलिया, रेखा पण्डित अधिकारी, शुशिला मगर निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यमा किशोर कोईराला, किरण पाठक, रमेश ढकाल, नविन कुमार श्रेष्ठ, तुलसीजंग थापा, भगवान भट्ट, तुलसी प्रसाद अधिकारी, ईश्वरी प्रसाद धिताल र होमनाथ थपलिया निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनबाट उत्तरी क्षेत्रीय समितिको अध्यक्षमा संञ्जु श्रेष्ठ, उत्तरी क्षेत्रीय समितिबाट जिल्ला कार्य समितिको प्रतिनिधिको लागि सरोज बुढाथोकीलाई चयन गरेको छ । यस्तै मध्य क्षेत्रीय समितिको अध्यक्षमा नानिराम श्रेष्ठ, मध्य क्षेत्रीय समितिबाट जिल्ला कार्य समितिको लागि प्रतिनिधिमा तिलक प्रसाद ढुङ्गाना, मध्य क्षेत्रीय समिति सदस्यहरुमा सन्तोष अधिकारी, किरण कुमार श्रेष्ठ, दान बहादुर श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, केशवराज शर्मा, जयराम कोईराला निर्विरोध निर्वाचित भएका छन् । दक्षिणी क्षेत्रीय समितिको अध्यक्षमा उमेश रुवाली, दक्षिणी क्षेत्रीय समितिबाट जिल्ला कार्य समितिको लागि प्रतिनिधिमा रमेश विश्वकर्मा, दक्षिणी क्षेत्रीय समिति सदस्यहरुमा जगत प्रसाद रेग्मी, झलक बहादुर बरुवाल, विष्णुलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

संघको विधान बमोजिम ३३ सदस्यीय कार्यसमितिमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित चार उपाध्यक्ष, एक महासचिव, तीन सचिव, एक कोषाध्यक्ष गरी ११ जना पदाधिकारी रहने व्यवस्था छ। विधानमा व्यवस्था भएअनुरुप हाल सदस्यमा निर्वाचितहरुबाटै अध्यक्षले पदाधिकारी मनोनित गर्नेछ । धादिङ उद्योग वाणिज्य संघको विधानमा वरिष्ठ उपाध्यक्ष र अरु सबै सदस्य पदमा निर्वाचित हुने ब्यवस्था रहेको छ। निर्वाचन पछिको कार्यसमितिको पूर्ण बैठकले पदाधिकारी चयन गर्ने ब्यवस्था रहेको छ।

Health Tips Ad Road Block