Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

टेलिकमको सत्रौँ साधारण सभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडांैमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

साधारणसभामा करिब ९१.६२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८१/८२ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाशजंग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सत्रौँ वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धि वातावरणमा मुनाफाभन्दा बढी सेवा भावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदा झैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाईबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्नेतर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताइन् ।

समीक्षा अवधिमा कम्पनीको २ करोड ३० लाखभन्दा बढी सन्तुुष्ट ग्राहक पुगेको उल्लेख गर्दै अध्यक्ष अर्यालले भनिन्, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बीच कम्पनीले कुल ४२ अर्ब ११ करोड आम्दानी गरी ६ अर्ब २३ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कुल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको छ ।’

देशको विषम भौगोलिक अवस्था र सापेक्षित रुपमा अन्य पूर्वाधारहरुको पहुँच विस्तार हुन नसकेको अवस्थामा कम्पनीले सेवाभावबाट प्रेरित भई सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन फोरजी÷एलटीई प्रविधिमा आधारित भिआएल्टिई सेवा तथा एmटिटिएच् सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै आएको उनले बताइन् । यी सबैको परिणामस्वरुप समीक्षा अवधिको अन्त्यसम्ममा सातै प्रदेशका ७७ जिल्लाका कुल ७४३ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार फोरजी÷एलटीई सेवाको पहुँचविस्तार भइ ७७ वटै जिल्लामा उच्चगतिको एफटिटिएच् सेवासमेत विस्तार भएको बताइन् । अति विकट र दुर्गममा रहेकाबाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर हाइ ब्इाण्डविथ कनेक्टिभिटि विस्तार गर्ने र कन्टेन्टमा आधारित भ्यालु एड्रेस सर्भिसको विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको तथा विश्वबजारमा उपलव्ध जिएसएम सेवाअन्तर्गत फाइभजी सेवालाई व्यवसायिक रुपमा सञ्चालन गर्न र सेवा विस्तारका लागि अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्न आवश्यक व्यवस्था गरिएको उनले बताइन् । ग्रामीण दूरसञ्चार विकास कोषबाट प्राप्त सहयोगलाई अधिकतम प्रतिफल प्राप्त हुनेगरी परिचालन गर्ने प्रयत्न स्वरुप कोशी, मधेश र बागमती प्रदेश अन्तर्गतका मध्य पहाडी लोकमार्ग, जिल्ला सदरमुकाम जोड्ने विभिन्न मार्गमा अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने कार्यक्रमअन्तर्गत समीक्षा अवधिको अन्त्यसम्ममा कूल १३९५ कि.मि. विस्तार भएकोसमेत उनले बताइन् ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष अर्यालले अगाडि भनिन्, ‘देशभर फोरजी÷एलटीई तथा एफटीटीएच सेवा विस्तारका लागि व्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको छ । सम्भाव्यताका आधारमा भूमिगत वा एडिएसएस माध्यमबाट सूचना महामार्गको निर्माणलाई तीव्रता दिइएको छ । अप्टिकल फाईबर नेटवर्क विस्तार गर्न नसकिने स्थानहरुमा उच्च क्षमताको माईक्रो वेभ रेडियो लिंक स्थापना गरिएको छ भने माईक्रोवेभ रेडियो लिंकमार्फत स्याटेलाईट लिंकलाई प्रतिस्थापन गर्दै लगिएको र सेवा अविछिन्न राख्नको लागि नियमित रुपमा विद्युत उपलब्ध गराउन सोलार पावर प्रणाली जडानलाई विशेष जोड दिइएको छ ।’

परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रित गरिएको र देशैभर यसका लागि आवश्यक कार्य भइरहेको बताउँदै उनले भनिन्, ‘टू जी प्रविधिमा आधारित भ्वाइस सेवा प्रयोग गर्ने ग्राहकहरुको संख्यालाई मध्यनजर गरी यसको गुणस्तरमा वृद्धि र सुधार गर्नुका साथै फोरजी सेवालाई सम्पूर्ण ग्राहकहरुको माझमा पु¥याउने कार्यलाई निरन्तरता दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार आवश्यक पूर्वाधारसहित परीक्षण सफल भएपश्चात् फाइभ जी सेवाको व्यवसायिक सञ्चालनको लागि अध्ययन भइरहेको छ ।’

कम्पनीले सत्रौँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आजदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको टेलिकमका प्रवक्ता हरि ढकालले बताएका छन् ।

Health Tips Ad Road Block