skip this News Page Tips Ad Road Block

आयल निगमले कमायो १० अर्ब नाफा(भिडियोसहित)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आयल निगमले १० अर्ब नाफा कमाएको छ । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सवका अवसरमा निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले सो जानकारी गराएका हुन् ।

उनले भने, ‘समयमा नै अन्तिम लेखा परीक्षण कार्य सम्पन्न गरिएको छ । हामी करिब १० अर्ब नाफामा छौं ।’ उनले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था दिनप्रतिदिन सुदृढ हुँदै गएको दाबी गरे ।

भट्टले निगमको सुदृढ अवस्थाबारे जानकारी दिँदै भने, ‘स्वचालित मूल्य प्रणाली नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो । हरेक पटक मूल्य निर्धारणको समयमा निगम घेराउमा पर्ने गर्दथ्यो । स्कुल कलेजमा हड्ताल हुने गर्दथे । नेपाल बन्द हुन्थ्यो । सडकमा टायर बालिन्थ्यो । २०७१ सालदेखि स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको छ । पहिलेका समस्याहरूको समाधान गरिएको छ ।’

ढुवानीमा हुने अनियमिततामा समेत कम भएको उनको भनाइ थियो । निगमले केही नयाँ कामको थालनी गरेको समेत उनले जानकारी दिए ।

‘सिनामंगल डिपो स्थानान्तरणको काम शुरू भएको छ । पेटोलमा इथानोल मिश्रण गर्ने कार्यका लागि कार्यविधि तयार गरेर अन्य कार्य शुरू गरिएको छ । एलपीजीको घरायसी र व्यापारिक फरक मूल्य कायम गर्ने कार्य सुरू गरिएको छ,’ भट्टले भने ।

भिडियो हेर्न तलको रातो लिंक क्लिक गर्नुहोस् ।

https://www.facebook.com/arthapranali/videos/614587137812312

Health Tips Ad Road Block