काठमाडौं । १०२ मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी–१ जलविद्युत् आयोजनाका लागि लक्ष्मी सनराइज बैङ्क लिमिटेडको अगुवाइमा लगानी जुटेको छ । लगानीसम्बन्धी सम्झौतामा सहभागी बैंकहरु र माथिल्लो मर्स्याङदी हाइड्रोपावर कम्पनीबीच यसमा सहमती भएको छ । लमजुङ जिल्लाको मर्स्याङदीमा निर्माण गरिने १०२ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको कुल लागत २१ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ ।
परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्नेछन् । बाँकी २५.२३ प्रतिशत रकम कम्पनीका प्रवद्र्धक एवं संस्थापकको लगानी हुने बताइएको छ ।
लक्ष्मी सनराइज बैंकको सात अर्ब, ग्लोबल आइएमई बैंकको छ अर्ब र प्रभु बैंकको तीन अर्ब गरी बैंकहरुले आयोजनामा १६ अर्ब लगानी गर्नेछन् । आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन थाल्ने लक्ष्य लिइएको छ ।






















