Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भृकुटीमण्डपमा जुत्ताचप्पलको बम्पर सेल मेला, हरेक भेराइटीका जुत्ताचप्पल एकै छानामुनी पाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जुत्ताचप्पलको बम्पर सेल व्यापार मेला भइरहेको छ । विभिन्न ११ स्टलमार्फत बम्पर सेल मेला भइरहेको हो ।

मेलामा नेपालका प्रतिष्ठित उद्योगहरुबाट उत्पादित र विदेशी उत्पादनका जुत्ता, चप्पलका हरेक भेराइटी उपलब्ध रहेको बम्पर सेल मेला आयोजक समितिले जनाएको छ । एकै छानामुनी हरेक प्रकारका भेराइटीका जुत्ता चप्पल सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ मंगलबारदेखि एक महिने मेला लागिरहेको मेला संयोजक डिल्ली सुवेदीले जानकारी दिएका छन् । मेलामा पाँच हजारभन्दा बढी डिजाईन र फरक फरक आकार प्रकारका उच्च गुणस्तरका जुत्ता चप्पलहरु रहेको सुवेदीले बताएका छन् ।

मेलामा आएका हरेक खरिदकर्तालाई प्रत्येक जोर जुत्ताको मूल्यमा न्यूनतम १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको समेत आयोजकले जनाएको छ । मेलामा जाडो मौसमलाई मध्यनजर गर्दै स्पोर्टस् सुजका साथै छालाका आकर्षक, गुणस्तरीय, भरपर्दो एवं टिकाउ जुत्ता र चप्पलहरु उपलब्ध रहेको आयोजकको भनाइ छ ।

दुई दर्जन बढी उद्योगबाट उत्पादित जुत्ताचप्पल कम्पनीको सहभागिता रहेको मेलाले नेपालका जुत्ताचप्पल उद्यमी, व्यापार र व्यवसायमा  लागेकालाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा लाभ मिल्ने छ भने उपभोक्तालाई सहजरुपमा सस्तो मूल्यमा एकै ठाउँमा आफूले रोजेको जुत्ता चप्पल खरिद गर्न पाउने अवसर रहेको आयोजकको भनाइ छ ।

मेलाका अवसरमा व्यवसायीहरुले जुत्ता र चप्पलमा मुलुकलाई आत्मनिर्भर बनाउने यस व्यवसायको संरक्षण, प्रवर्द्धन र विस्तारमा राज्यले सहयोग गर्नुपर्ने बताएका छन् । त्यसले स्वदेशी उत्पादनले उचाई लिने र सुपथ मूल्यमा सर्वसाधारणले गुणस्तरीय जुत्ता चप्पल प्राप्त गर्ने सुविधा मिल्ने व्यवसायीहरुको भनाइ छ ।

मेलामा बालकदेखि वृद्धासम्म, युवायुवतीहरुको रोजाई र चाहना बमोजिमका उत्पादनहरु राखिएकाले आरामदायी र आकर्षक अनि टिकाउ स्वदेशी उत्पादनको समयमै खरिद गर्ने अवसर उपभोक्ताले पाउने आयोजक समितिले जनाएको छ ।

Health Tips Ad Road Block