Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

संचालकको शेयर बिक्रीमा प्रतिबन्ध अव्यवहारिकः बीमा व्यवसायी संघ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा रहेको शेयर कम्पनीमा पदबाट राजीनामा दिएपछि पनि एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थालाई अव्यवहारिक भन्दै नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार संचालकले पदमा बहाल रहँदा वा अवकास पाएको एक वर्षसम्म शेयर खरिद–बिक्री गर्न नपाउने प्रावधानले व्यवसायको सहज प्रवाहमा बाधा पुर्याउने संघको भनाइ छ ।

संघद्वारा जारी विज्ञप्तिमा संचालकहरु पनि कम्पनीका अन्य शेयरधनी सरह लगानीकर्ता नै भएको र साधारणसभाबाट निर्वाचित भई उनीहरुको प्रतिनिधित्व गरेकै आधारमा शेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्था अन्यायपूर्ण रहेको उल्लेख गरिएको छ। संघका अध्यक्ष राजेन्द्र मल्लका अनुसार यस्तो व्यवस्थाले केवल व्यवसायिक विविधीकरणमा अवरोध गर्दछ, संचालकको व्यक्तिगत वित्तीय स्वार्थमा पनि ठूलो असर पुर्याउँछ । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्लले संघका पदाधिकारी टोलीसँग धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेट्दै यस प्रावधानलाई यथाशीघ्र सच्याउन आग्रह गरेका छन्। संघले संचालकले आफ्नो पदमा रहँदा ५० प्रतिशतसम्म शेयर बिक्री गर्न पाउनुपर्ने व्यवस्था गर्न माग गरेको छ ।

संघले शेयर बिक्रीसम्बन्धी पछिल्लो व्यवस्थाले वैदेशिक लगानीमा समेत प्रतिकूल प्रभाव पार्ने उल्लेख गरेको छ । अध्यक्ष मल्लका अनुसार कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने अवस्था सिर्जना गर्दा व्यवसाय विस्तार, उद्यमशीलता र घरायसी आवश्यकता पूर्तिमा कठिनाइ उत्पन्न हुनेछ । संघले धितोपत्र बोर्डलाई तत्काल यस व्यवस्थालाई संशोधन गरी लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

Health Tips Ad Road Block