Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधिको उपयोग गर्न सरकारलाई विज्ञको सुझाव

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्च स्तरीय प्रविधिको उपयोग गर्नु पर्नेमा विज्ञहरुले सुझाव दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आईतबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकहरुसँग भएको छलफलमा उनीहरुले प्रविधिको उपयोगबाट यातायात व्यवस्थापनका साथै सडक सुरक्षा सहज बनाउन सकिने बताएका हुन् । सो क्रममा मन्त्री देवेन्द्र दाहालले सडक निर्माण मात्र नभई सुरक्षाको सवाल समेत जरुरी भएकाले मन्त्रालयले त्यसतर्फ पनि ध्यान दिएको बताए । विभिन्न निकाय तथा विज्ञहरुसँग आवश्यक समन्वय गरि सडक सुरक्षालाई दर्विलो बनाउन र सेवाग्राहीहरुलाई सुरक्षित तथा सरल सेवा प्रवाह गर्न मन्त्रालय प्रतिवद्ध रहेको उनले बताए । मन्त्री दाहालले सडक सुरक्षा, व्यवस्थापन तथा सेवा प्रवाहलाई सरल पार्ने विषयमा कानूनी तथा नीतिगत जटिलताहरु भएमा त्यस्ता व्यवस्थाहरु सरल पार्न मन्त्रालय तत्पर रहेको समेत बताए ।

छलफलमा प्रतिष्ठानका सचिव रविन्द्रप्रसाद ढकालले विभिन्न राष्ट्रका विश्वविद्यालय एवम् प्राज्ञिक निकायहरुसँग सहकार्य गरि सडक सुरक्षा तथा यातायात व्यवस्थापनका क्षेत्रमा कार्य गर्न प्रतिष्ठान अग्रसर रहेको बताए । यस्तै प्रतिष्ठानकै वरिष्ठ वैज्ञानिक सुरेशकुमार ढुङ्गेल, ईश्वर बज्राचार्य, प्राविधिक अधिकृत हरिराम श्रेष्ठ लगायत मन्त्रालयकै प्राविधिकहरुसहित मन्त्री दहालले सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा प्रविधिको उपयोगबारे छलफल गरेका हुन् ।

त्यस क्रममा विज्ञहरुले अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय तथा सोहि प्रकारका अन्य प्रतिष्ठानहरुसँग सहकार्य गर्दा आवश्यक पर्ने नीतिगत एवम् कानूनी व्यवस्था सरल बनाई दिन आग्रह गरे ।

Health Tips Ad Road Block