काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतले बोनस शेयर र लाभांशमा लाग्ने कर समेत गरी ७.५३ प्रतिशतले हुने नगद लाभांश सहित कुल १०.५३ प्रतिशत लाभांश दिने भएको हो । बिहीबारको बैंक सञ्चालक समितिको ११३७ औं बैठकले उक्त निर्णय गरेको हो । बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
यो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती प्राप्त भए पश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।






















