Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको भन्दै भ्रममा नपर्न टेलिकमको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल टेलिकमले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा ५ हजार रुपैयाँसम्मको नगद पुरस्कार व्यवस्था गरिएकाे भन्दै भइरहेको प्रचारप्रसारको भ्रममा नपर्न आग्रह गरेको छ ।

टेलिकमले एक सूचना जारी गर्दै आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार रुपैयाँसम्मको नगद तथा उपहारको व्यवस्था गरेको भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकोले यसप्रति सचेत रहन सबैमा अनुरोध गरेको हो ।

कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवाका बारेमा अद्यावधिक हुन टेलिकमले सम्पूर्ण ग्राहकवर्गमा अनुरोध गरेको छ ।

Health Tips Ad Road Block