ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

हिमालयन डिष्टिलरीले तोक्यो बोनस र नगद लाभांशसहित बुक क्लोजको मिति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने बोनस र नगद लाभांश घोषणा गरेको छ। कम्पनीले कुल २० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको हो । त्यसमध्ये १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीलाई वितरण गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउने र कम्पनीले दिने लाभांश प्राप्त गर्न सक्नेछन्।

Health Tips Ad Road Block