Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

घोषित लाभांश पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा आव्हान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने भनेर प्रस्ताव गरेको लाभांश पारित गर्न साधारण सभा आव्हान गरेको छ । बैंकले पुस १९ गते शुक्रबारका लागि ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, मणिग्राम, रुपन्देहीमा १६ औँ वार्षिक साधारण सभा आव्हान गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि समेत ५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव सभाले पारित गर्नेछ । यसैगरी सभाले मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगयतका अन्य प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन्।

Health Tips Ad Road Block