काठमाडौं । मन्जुश्री फाईनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६.३५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
आइतबार बसेको फाइनान्सको सञ्चालक समितिको २८६ औं बैठकले हाल कायम चुक्ता पूँजी एक अर्ब पैंतिस करोड पन्ध्र लाख बाउन्न हजार आठ सय अड्चालिस रुपैंया असी पैसाको ६.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त पश्चात संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीलाई वितरण हुनेछ ।






















