Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जुनु मलेखुको अध्यक्षतामा टुरिजम सिस्टरहुड नेपालको नयाँ नेतृत्व सर्वसम्मत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जुनु मलेखुको अध्यक्षतामा पर्यटन क्षेत्रमा क्रियाशिल महिला पर्यटन व्यवसायीहरुको छाता संस्था टुरिजम सिस्टरहुड नेपाल एसोसियसन(टिएसएनए) को  नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ । संस्थाको छैठौं वार्षिक साधारण सभाले मलेखुको अध्यक्षतामा नयाँ कायसमिति सर्वसम्मत गरेको हो ।

टुरिजम सिस्टरहुड नेपाल एसोसियसन(टिएसएनए) नयाँ कार्यसमितिको उपाध्यक्षमा रोजिना रञ्जित, महासचिवमा पवना श्रेष्ठ, सचिवमा बेञ्जु मुखिया श्रेष्ठ, कोषाध्यक्षमा केबिना पाल अधिकारी सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रज्ञा शर्मा, सुचिता जोशी, हेमा श्रीपाली र युविका भण्डारी सर्वसम्मतरुपमा चयन भएका छन् । संस्थाको निवर्तमान अध्यक्ष अनुपा बुढाथोकी हुन् ।

गैरनाफामुलक संस्था टिएसएनएले महिला उद्यमशिलता विकास, उनीहरुको सिप विकास, तालिम प्रदान, डिजिटल मार्केटिङमा सहजीकरण, नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन लगायतमा काम गर्दै आएको र यसलाई निरन्तरता दिने जनाएको छ ।

कार्यक्रममा शुभकामना दिँदै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सिइओ) दिपकराज जोशीले योजनाबद्धरुपले पर्यटन विकासमा सबै लाग्नुपर्ने बताएका थिए । यस्तै नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले सरकारले नयाँ पर्यटन नीति बनाउने चरणमा रहेको र आवश्यक सुझाव दिन आग्रह गरेका थिए ।

Health Tips Ad Road Block