skip this News Page Tips Ad Road Block

विदेशमा बस्ने नेपालीले रेमिट्यान्ससँगै नेपालमा लगानी बढाऔँः एनआरएनए अध्यक्ष डा.केसी

दूतावास नभएको देशमा एनआरएनएद्धारा सरकारी दूतको रुपमा काम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसीले संघले विदेशमा सरकारको दूतको रुपमा नेपालीहरुलाई सहयोग पुर्याइरहेको दाबी गरेका छन् । जापानको राजधानी टोकियोमा आयोजित १४ औं नेपाल फेस्टिवल २०२४ को उद्घाटन समारोहमा अध्यक्ष डा. केसीले हाल ८७ देशमा संगठित एनआरएनएले दूतावास नभएको देशमा सरकारको दूतको रूपमा काम गरिरहेको बताएका हुन् ।

अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकताको प्राप्तिसँगै अब नेपालमा सानादेखि ठूला लगानी गर्न पनि निर्देशिका बनिसकेको जिकिर गरे । विदेशीलाई जसरी नभई नेपाली नागरिक सरह लगानी गर्न पाउने वातावरण मिलाउन थप कानुन बनिरहेको जानकारी गराउँदै उनले विदेशमा बस्ने नेपालीले रेमिट्यान्स मात्रै होइन अब लगानी पनि भित्र्याउन सक्ने उल्लेख गरे ।

‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल भएको थियो । एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेको सभापतित्वमा भएको कार्यक्रम जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामाले स्वागत मन्तव्य दिँदै एनआरएनएको कार्यबारे चर्चा गरेका थिए । नेपाल फेस्टिवल २०२४ एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गरेको हो ।

नाकानो नगरका मेयर प्रमुख आतिथ्यतामा भएको फेस्टिवलमा एनआरएनए जापानका महासचिव टिकाराम खरेल र जनजाति महासंघ जापानकी महासचिव प्रेमिला राईले लगायतले एनआरएनका गतिबिधिबारे चर्चा गरेका थिए ।

Health Tips Ad Road Block