काठमाडौं। सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ तोकेको छ । मन्त्रिपरिषद्को आइतबारको निर्णयले उखुको समर्थन मूल्य तोकेको हो ।
चालु आर्थिक वर्ष २०८१र८२ का लागि उखु उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ५८५ रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
यसैगरी सरकारले उखु कृषकलाई प्रति क्विन्टल ७० रुपैयाँ अनुदान रकम दिने निर्णय पनि गरेको छ । सरकारले उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ (दोस्रो संशोधन, २०७६ सहित) बमोजिम सो अनुदान रकम उपलब्ध गराउने जनाएको छ ।






















