skip this News Page Tips Ad Road Block

महसुल उठाउन कुलमानले रचे नयाँ उपायः महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नयाँ उपाय अवलम्बन गर्दै महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्रचार गरेका छन्। घिसिङले डेडिकेटेड फिडर र ट्रङ्कलाईनको विद्युत महसुल तिर्न बाँकी रहेका उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका हुन् । प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले उद्योगहरुको लाइन नकाट्न निर्देशन दिएपछि घिसिङ महसुल उठाउने वैकल्पिक उपायमा लागेको देखिएका छन् ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को गत कार्तिक २५ को निर्णय एवम् विद्युत नियमन आयोगको च.न. २९३ मंगलबारको डेडिकेटेड फिडर र ट्रङ्कलाईनको विद्युत महसुल सम्बन्धमा प्राप्त पत्रको बुँदा नं. ३ मा उल्लेख भएको नेपाल विद्युत प्राधिकरणले बक्यौता असुलीको लागि उद्योगको विद्युत विच्छेदको कारवाही बाहेक अन्य कारवाही गरी बक्यौता असुलउपर गर्न निर्देशन भए अनुसार प्रस्तुत पत्र लेख्ने कार्य भएको भन्दै उनले उल्लेख गरेका छन्।

उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड एवं ट्रङ्कलाईनबाट विद्युत आपूर्ति लिएका उपभोक्ताहरुले प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल बक्यौता रकमको विवरण पनि त्यससँगै संलग्न गरेको उनले पत्रमा उल्लेख गरेका छन् ।

बक्यौता रकम असुली नभएसम्म ती कम्पनीहरुले खाताबाट रकम झिक्न नपाउने गरी बैंक खाता रोक्का गरी विद्युत महसुल बापतको सार्वजनिक राजश्वको रकम असुली गर्ने कार्यमा सहयोग गरिदिन पत्रमा उल्लेख गरिएको छ ।

Health Tips Ad Road Block