काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले नवीनतम उत्पादन ‘ढलाइ मिक्स पिपिसी सिमेन्ट’ बजारमा ल्याएसँगै निर्माण क्षेत्रका संलग्नहरुसँगको भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा कम्पनीले नयाँ ढलाई मिक्स पिपिसी सिमेन्टले निर्माण मापदण्डमा क्रान्ति ल्याउने दाबी गरेको छ ।
कम्पनीले यसप्रकारको सिमेन्ट नेपाली बजारमा पहिलोपटक भएकाले नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा गरेको छ ।
उच्च प्रविधिबाट उत्पादित सिमेन्टले व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ । यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुती, उच्च टिकाउपन र छिटो सेट हुने रहेको कम्पनीले जनाएको छ । जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ । यस सिमेन्टले व्यक्तिगत घर निर्माणकर्तामा निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास दिलाउँछ । कम्पनीले व्यक्तिगत घर निर्माणकर्तालाई ओपिसी सिमेन्टको मजबुती र १० प्रतिशत कम मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
यो उत्पादन घोराही सिमेन्ट इन्डस्ट्रीको वितरण सञ्जालमा सहजै उपलब्ध हुने र ग्राहकले सहजै पाउने कम्पनीले जनाएको छ । ढलाइ मिक्स सिमेन्टको आगमनसँगै, घोराही सिमेन्ट इन्डस्ट्रीले नेपालको दिगो र नवप्रवर्तनशील निर्माण अभ्यासलाई अझ सशक्त समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिएको छ । साथै, कम्पनीले आफ्ना ग्राहक र राष्ट्रका लागि प्राविधिक तथा व्यावसायिक सेवामा उत्कृष्टता प्रदान गर्दै निर्माण उद्योगमा उचित अभ्यासहरू स्थापना गर्नमा अनुसन्धान साझेदारको भूमिका निभाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।





















