ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुँदै

काठमाडौं । आउँदो पुस ११ देखि १५ सम्म चितवनमा १८औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ । २०५५ सालदेखि सुरु भएपनि कोरोना महामारीका कारण ३ वर्ष रोकिएको महोत्सव गतवर्षदेखि पुनः सुचारु भएको हो ।

विश्व सम्पदामा सुचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवन सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत परिचित रहेको स्थितिमा क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव हुन लागेको हो ।

कोरोना महामारी र आर्थिक मन्दीले थलिएर तँग्रिदै गरेको सौराहाको पर्यटन व्यवसायलाई अझै माथि उकास्न सम्बन्धित एव जिम्मेवार संघ–संस्थासँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ । सौराहामा दुई दशक अघि देखि आयोजना हुँदै आएको महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामु परिचित गराउन धप योगदान गरेको उनीहरुको दाबी छ । महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ। अन्तर्राष्ट्रिय स्तरमा महत्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै इतिहास रहेको आयोजकको भनाइ छ। महोत्सवलाई सफल बनाउन तीनै तहका सरकारसहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र चितवन राष्ट्रिय निकुञ्जको सहयोग रहँदै आएको छ ।

सफारी पर्यटनको रुपमा विकास भएको समग्र चितवनको पर्यटन हात्ती विना कल्पना गर्न नसकिने आयोजकको भनाइ छ । पर्या–पर्यटन सम्बन्धित गतिबिधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रियस्तरसम्म पहिचान गराउने पनि महोत्सवको उदेश्य रहेको आयोजकको भनाइ छ । साथै प्लाष्टिकजन्य पदार्थहरुलाई पनि निरुत्साहित गर्दै डिजिटल प्रविधिबाट कार्यक्रमहरुको प्रवर्द्धन गर्ने प्रयास गरिरहेको समेत जानकारी आयोजकले जनाएको छ ।

महोत्सव अन्तर्गत हुने विभिन्न गतिविधिमा निजी स्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुने र पाँच दिने महोत्सवका लागि १ करोड ३५ लाख रुपैयाँभन्दा बढीको खर्च लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले महोत्सवबारे चर्चा गर्दै वन्यजन्तुको अधिकारको कुरा गर्दा हात्तीको शोषण हुने कुनै काम नहुने स्पष्ट पारेका छन् ।

५ दिनसम्म संचालन हुने महोत्सवमा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा कार्यक्रम, हात्तीको श्रँृगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटवल पेनाल्टी प्रतियोगिता, हात्ती म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसंग बि टु बि, चितवनमा पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम, स्थानीय भेषभुषा तथा कला सँस्कृति सहित झाँकी प्रदर्शन लगायतका आकर्षणहरु रहने क्षेत्री होटल संघ चितवनका अध्यक्ष गंगा गिरिले बताए ।

Health Tips Ad Road Block