skip this News Page Tips Ad Road Block

राष्ट्र बैंकको कारवाहीमा पर्यो कर्णाली डेभलपमेन्ट बैंक, निक्षेप लिन तथा थप कर्जा प्रवाहमा रोक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले कर्णाली डेभलपमेन्ट बैंक नेपालगञ्ज बाँकेलाई कारबाही गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्ज बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको जनाएको छ ।

राष्ट्र बैंकले ६ महिनाको समय दिएर सुधार गर्न निर्देशन दिएको छ ।

‘कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड नेपालगञ्ज बाँकेमा गत साउन ६ देखि ११ सम्म केन्द्रीय बैंकबाट सम्पन्न निरीक्षणको प्रतिवेदन अनुसार सो संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा यस बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ राष्ट्र बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Health Tips Ad Road Block