ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

काठमाडौंका विभिन्न क्षेत्रमा आज बिजुली काटिने

काठमाडौं । आज काठमाडौंका विभिन्न क्षेत्रमा दिउँसो बिजुली काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि ३ बजेसम्म काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटार क्षेत्रमा बिजुली काटिनेछ ।

प्राधिकरणले एक सूचना जारी गर्दै महाराजगंज वितरण केन्द्र अन्तर्गतका क्षेत्रका बिजुली काटिने जानकारी दिएको हो । केबल लाइन विस्तारको काम भएकाले पुरै सटडाउन गरेर काम गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जनाएको छ ।

Health Tips Ad Road Block