skip this News Page Tips Ad Road Block

१५ औँ हर्टिकल्चर सम्मेलन काठमाडौमा सुरु, बिउको गुणस्तरीयतामा जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । १५ औँ राष्ट्रिय हर्टिकल्चर सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल हर्टीकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरे । सम्मेलन उद्घाटन गर्दै मन्त्री अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गरि वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरुको भूमिका महत्वपूर्ण रहने बताए । सबै कृषिजन्य बालीहरुको उत्पादनको आधारभुत स्रोत बिउ नै भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।

आलु तथा मसालाबाली क्षेत्रको विकासको लागि सरकारी तथा गैरसरकारी निकायहरुका साथै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको मन्त्री अधिकारीले उल्लेख गरे । नेपालका रैथाने बीउ बिजनको संरक्षण अपरिहार्य रहेकोमा जोड दिँदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालसालै बीउ विजन नियमावली संसोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिए । पछिल्लो समय सरकारी स्तरका बीउ उत्पादन गर्ने फार्महरुको जग्गा अतिक्रमण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले विदेशी बिउको बढ्दो आयात रोक्न मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनितिक हिसाबले अगाडि बढेको पनि उल्लेख गरे ।

दुई दिन सम्म चल्ने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरु, विज्ञ , तरकारी बिउ उत्पादकहरु र कृषकहरुको सहभागीता रहेको छ।

सम्मेलनमा आलु, मसलाबाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मूल्य श्रृङ्खला, जलवायु परिवर्तन, जैविक विविधता, बीउ सम्बन्धी कानुनहरुका बारेमा छलफल भएको छ ।

Health Tips Ad Road Block