Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सानिमा बैंकको २० औँ साधारणसभा सम्पन्न, शेयरधनीलाई ५ प्रतिशत बढी लाभांश

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सानिमा बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। मंगलबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक बर्ष २०८०/८१ मा २ अर्ब ४० करोड खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २ खर्ब ३३ अर्ब रुपैयाँ बराबर छ ।

कुल निक्षेप १ खर्ब ९९.३८ अर्ब तथा खुद कर्जा सापटी १ खर्ब ६४.९४ अर्ब रहेको बैंकले आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको छ ।

Health Tips Ad Road Block