Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

शत प्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई निर्देशन 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्रालय अन्तर्गत निकायका चालू आर्थिक बर्ष २०८१/०८२ को पहिलो त्रैमासिक प्रगति समीक्षा भएको छ ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अर्थमन्त्रालय र योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री र मन्त्रीबीच भएको कार्यसम्झौतालाई प्राथमिकतामा राखी शतप्रतिशत उपलब्धि हासिल गर्ने गरी कार्यक्रम सम्पन्न गर्न सुझाव दिएकी छन् ।

मन्त्री भट्टराईले प्रभावकारिता र उपलब्धि सेवाग्राहीले प्रत्यक्ष महसुस गर्ने गरेर कार्य सम्पादनमा जुट्न सम्बद्ध कर्मचारीलाई निर्देशन दिंदै कमजोर कार्यान्वयन स्थितिलाई सुधार गर्न अनुगमन र पृष्ठपोषणमा जोड दिन आग्रह गरिन् । भट्टराईले नागरिकका मौलिक हक पूरा गर्ने गरी विज्ञान र समाजलाई जोडेर काम गर्नआग्रह गर्दै सामाजिक रूपान्तरका लागि आफैबाट परिवर्तन शुरूवात गर्नुपर्ने उल्लेख गरिन् ।

बैठकमा मन्त्री भट्टराईले विद्यार्थीको सिकाइ उपलब्धि उच्चतम बनाउने कार्ययोजनासहित अनिवार्य तथा निःशुल्क शिक्षाको मर्म पूरा गर्न र सबै निकायसँग समन्वय गर्दै सुधार गर्न कठिनाइ भएका कार्यक्रमबारे बेलैमा छलफल गरी समस्या समाधान गर्न सबैलाई सचेत समेत गराएकी छन् ।

शिक्षा सचिव डा. दिपक काफ्ले र विज्ञान सचिव
विश्व वावु पुडासैनीले सचिव र सहसचिवबीच भएको सम्झौतालाई समेत कार्यक्रम कार्यान्वयन‌को उपलब्धि सूचकाङ्कको रुपमा सम्पन्न गर्न छिटोछरितो सेवा प्रवाह र कार्यरत जनशक्तिको सक्रियतामा जोड दिइन् ।

प्रगति समीक्षामा समितिको कार्यक्षेत्र, अघिल्लो बैठकको निर्णयको कार्यान्वयन अवस्था, शिक्षामा विनियोजित उपशीर्षकको बजेट कार्यान्वयन अवस्था, निकायगत प्रगति अवस्था र माइलस्टोनको प्रगति माथी छलफल भएको थियो। समीक्षाका क्रममा ८० प्रतिशतभन्दा बढी प्रगति गर्ने ५० देखि ८० प्रतिगत प्रगति गर्ने र ५० प्रतिशतभन्दा कम प्रगति गर्ने निकायको समस्या, चुनौती र भावी योजनाको छुट्‌टाछुट्‌टै समीक्षा भएको जनाइएको छ।

बैठकमा शिक्षासम्बन्धी नीतिगत तथा कानुनी सुधार एवम् योजना बारेमा विस्तृत छलफल समेत भएको मन्त्रालय स्रोतले उल्लेख गरेको छ। समितिको अर्को बैठक २०८१ माघ २० गते बस्नेछ।

Health Tips Ad Road Block