काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको ६६ औँ बैठकले २ः१ को अनुपातमा हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको हो ।
हाल कायम चुक्तापुँजी १ अर्ब ६ करोडको ५० प्रतिशतले आउने ५३ लाख २७ हाजर ८५ कित्ता शेयर हकप्रद मार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ । हकप्रद बिक्री तथा वितरण पश्चात हिमालयन पावरको चुक्तापुँजी १ अर्ब ५९ लाख पुग्नेछ ।
कम्पनीकाअनुसार सञ्चालक समितिले स्वीकृत गरेको हकप्रद प्रस्ताव नियमन विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति हुन बाँकी रहेको र आयोग एवं बोर्डले स्वीकृति दिए पश्चात शेयरधनीले हकप्रदको लागि आवेदन दिन पाउनेछन् ।























