Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारी साधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ । नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ केडब्लुएज् ब्याट्री समावेस गरेको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरकोसम्मको ड्राइभिङ्ग रेन्ज दिने कम्पनीको भनाई छ । साथै यसमा१३० केडब्लुएज् अधिकतम पावर, ३३० अधिकतमटर्क, र २५५ ग्रेडेबिलिटी रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन रहेको कम्पनीको दाबी छ ।

एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरिया भन्छन्, “आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौं । यो एक नवीनतम विद्युतीय सवारीसाधन हो जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ। नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ ।”

एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ता भन्छन्, “फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डकोरूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको, ९००,००० भन्दा बढी व्यवसायिक सवारी साधनहरूको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्रस्थानमा स्थापित भएको छ । माउन्टेन ईभी आफ्नो सेग्मेंटको एक उत्कृष्ट सवारी साधन हो जुन नेपालका लागि निर्माण गरिएको हा ।”
माउन्टेन ईभी १४ देखि १६ सीट सम्मको विभिन्न मोडलहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ जसमा अत्यधिक स्पेसर आरामदायी हाईरुफको सुविधा रहेको र विभिन्न सुविधाहरू समावेश रहेको कम्पनीले जनाएको छ ।

अटोहोल्ड कन्ट्रोल
स्मार्ट पार्किङ सहयोग
हिलहोल्ड कन्ट्रोल (एचएचसी)
दुईवटा ड्राइभिङ मोड
आर १६ ड्यूरेबल टायरहरू

नेपाली बजारमा फोटनको ब्रान्ड मूल्य ३१.४अर्ब रहेको छ र विद्युतीय र व्यवसायिक सवारीसाधन विकासमा गहिरो विशेषज्ञता रहेको कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block