Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कार्तिक २९ देखि काठमाडौंमा फिन इलेक्ट्रो टेक २०२४ हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विद्युत् तथा विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्र्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्र्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करण ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’ यही २०८१ कार्तिक २९ देखि मंसिर २ गतेसम्म हुने भएको छ । काठमाडौंको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा मेला आयोजना हुने भएको हो ।

विद्युत जस्तो संबेदनशील क्षेत्रमा व्यवसाय गर्ने विद्युत् व्यवसायीहरुको यस संस्थाले सदैब आफ्ना सदस्य मार्फत सुरक्षालाई ध्यानमा राखेर नविनतम र गुणस्तरीय सामग्री बिक्रि वितरणमा अविभावकत्व गर्दै आएकोले आम उपभोक्तालाई पनि नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ को नारा लिएर ‘फिन इलेक्ट्रो टेक २०२४’ को आयोजना हुन लागिरहेको आयोजकले जनाएको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पु¥याउने लक्ष्य यस संस्करणको रहेको छ । उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु प्रदर्शनी अवधी भरी सञ्चालन गरिने आयोजकको भनाइ छ ।

ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२४’ को हल भित्र ४४ वटा ब्लकहरु, २८ स्टलहरु रहेको एक प्याभिलिएन रहने र हल बाहिर डोममा २६ वटा स्टलहरु रहनेछन् । यसपटक फिन इलेक्ट्रो टेक २०२४ मा भारत सरकार र उद्योग विभागको सहयोगमा इन्डिया चेम्बर अफ कमर्सले हल भित्रको २८ स्टलहरु रहेको प्याभिलिएनमा इन्डिया पावर शोको लागि इन्डियन उद्योगी एवं व्यवसायीहरुले बुकिङ्ग गरेको आयोजकको भनाइ छ ।

फिन इलेक्ट्रो टेक २०२४ मा हल भित्र र हल बाहिर गरि जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरु रहनेछन् जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तक्र्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन् भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रत्येक दुई वर्षमा अयोजना हुने इलेक्ट्रो टेकको यस संस्करणमा टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा. लि.) रहेको छ भने प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा. लि.) रहेको छ ।

यसै गरी डायमण्ड स्पोन्सरमा अर्किड इलेक्ट्रिकल्स (अर्किड इलेक्ट्रिकल्स प्रा. लि.) र जानकी केबल (जानकी केबल इन्डस्ट्री प्रा. लि.) रहेका छन् । प्रदर्शनीको गोल्ड स्पोन्सरमा सि.एन एस. (प्राइम भेन्चर्स प्रा. लि.), लिशा एण्ड टिन्ज (वेलकम टेक्नोल प्रा. लि.), स्विफट गोल्ड (बबिता ट्रेडर्स) र के.इ.आई. जनता (जनता केबल इन्डस्ट्रिज प्रा. लि.) रहेका छन् । यसै गरी अफिसिएल बैंकमा गरिमा विकास बैंक लिमिटेड र अफिसिएल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेका छन् भने अफिसिएल क्यारियरमा ग्लोबल कलस लजिस्टीक रहेको छ । यसै गरी फ्लोरिङ पार्टनर हेरिटेज कार्पेट रहेको छ भने कार्डस्पोन्सरमा केइआई वायर एवं केबल (केइआई उद्योग लिमिटेड, इण्डीया) रहेको छ । ग्लोबल एक्पोजीसनबाट व्यवस्थापन गरिएको यस प्रदर्शनीको अवलोकनका लागि भोली देखि सुहुलिएत दरमा डिजिटल पेमेन्ट पार्टनरमा रहेको खल्ती एप मार्फत अग्रीम प्रवेश टिकट बुकिङ्ग खुल्ला गर्न लागिएको छ ।

फिन इलेक्ट्रो टेक २०२४ लाई भव्यता प्रदान गर्न तथा प्रदर्शनी प्रति ऐक्यवद्धता जनाउन क्तचबतभनष्अ क्गउउयचत को रुपमा नेपाल विद्युत प्राधिकरणको सहभागिता रहेको छ भने सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल ईञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत् उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रीकल ईञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामाग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रीकल कन्ट्राक्टर एशोशियसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टस् लगायत सरोकारवाला संस्थाहरूको सहयोगी संस्थाको रुपमा यस आयोजनामा सहभागिता रहने छ ।

स्वदेशी उत्पादन लगायत भारत, चिन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु प्रदर्शनमा रहेको इलेक्ट्रो टेकको यस एघारौं संस्करणमा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, टिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगाएतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको सहभागिता रहने छ । प्रदर्शनीलाई सहभागीमुलक एवं सुचनामुलक बनाउनका लागि विभिन्न विषयमा गोष्ठी, कार्यपत्र प्रस्तुती तथा अन्तक्र्रिया कार्यक्रमहरू सञ्चालन हुने छन् । चार दिनसम्म चल्ने प्रर्दशनीमा देश भित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्चर, इलेक्ट्रीकल इन्जीनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, नेपाल भरका विद्युतीय व्यवसायीहरु, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्व साधारण गरी ५०,००० भन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने अनुमान गरिएको महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block