Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट थप उडानको प्रयास

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यसै हप्ता अन्तर्राष्ट्रिय चार्डड उडान भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट थप उडानको प्रयास भइरहेको सरकारले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पोखरा विमानस्थलबाट थप उडानका लागि प्रयासहरु भईरहेको बताएका हुन् ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सहयोग गर्नेहरु प्रति धन्यवाद व्यक्त गर्दै उनले आफूले मन्त्री पदको जिम्मेवारी सम्हालेसँगै दुवै विमानस्थल संचालनका लागि पहिलो प्राथमिकता राखेको प्रष्ट पारेका छन् ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार र शनिबार गरी चारवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले उडान सम्पन्न गरेका थिए । मन्त्री पाण्डेले भनेका छन्, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन र मैले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै हामीले यी दुई विमानस्थल सञ्चालनलाई पहिलो प्राथमिकतमा राखेर सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठन गरी सोही समितिको सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा कर लगायतका विषयमा छुट दिने निर्णय गर्यौं । त्यसैको परिणामस्वरुप अहिलेको उडान संभव भएको हो ।’

मन्त्री पाण्डेले ठूलो पुँजी लगानी गरेका विमानस्थल पूर्णरुपमा सञ्चालन हुन त्यससँग जोडिएका यातायात, होटल तथा अध्यागमन, श्रम लगायतका अन्तर सम्बन्धित (इन्टर लिङ्क) पूर्वाधारहरुको विकास हुनु आवश्यक हुन्छ, भनेका छन् । ‘ती सम्पूर्ण पूवार्धार निर्माण, यात्रु तथा विमान कम्पनीहरु अभ्यस्त हुन केही समय लाग्न सक्छ । यी तमाम कामलाई चरणबद्धरुपमा सम्पन्न गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सरकार प्रतिवद्ध छ ।’ उनले भने ।

मन्त्री पाण्डेले विमानस्थलको सहज सञ्चालनका लागि प्रयास भइरहेको उल्लेख गर्दै भने, ‘भैरहवा विमानस्थल निर्माण सम्पन्न भए पनि यसमा इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) जस्ता उपकरण सञ्चालन गर्न र सहज हवाई रुटका लागि छिमेकी मित्रराष्ट्र भारतबाट स्वीकृति लिनु पर्ने जस्ता प्राविधिक समस्याहरु विधमान थिए र यी विषय अझै पनि छलफलका क्रममा छन् । जसले गर्दा दुई वर्षसम्म यी विमानस्थलबाट पनि खासै सेवा सञ्चालन हुन सकेन ।’ अब सबै विषय सहज बनाउँदै लगिने उनले बताए ।

Health Tips Ad Road Block