Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मन्त्री भट्टराईद्वारा बाढीबाट क्षतिग्रस्त विद्यालय निरिक्षण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गत असोज ११ र १२ गतेको अविरल वर्षाबाट क्षति पुगेका ललितपुर जिल्लाका विद्यालयको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्थलगत निरीक्षण गरेकी छिन्। सो क्रममा मन्त्री भट्टराईले ४ ओटा विद्यालयको स्थलगत अवलोकन गरेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ।

बाढी र पहिरोका कारण क्षती पुगेका कोन्जोस्योम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालय ,गोदावरी नगरपालिकाको बुद्ध माध्यमिक विद्यालय,वागेश्वरी आधारभूत विद्यालय, महालक्ष्मी नगरपालिकाको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको मन्त्री भट्टराईले निरीक्षण गरेकी हुन् ।

स्थलगत अवलोकनका क्रममा मन्त्री भट्टराईले क्षति भई आवश्यक विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने, अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताइन् । उनले पाठ्‌यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तह‌मार्फत पाठ्‌यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपद प्रतिरोधी जग्गामा मापदण्डअनु‌सारको भवन बनाउन स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको चासो रहनुपर्ने उल्लेख गर्दै यसका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताइन् ।

निरिक्षणमा मन्त्री भट्टराईसँगै उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभासांसदद्वय उदय समशेर राणा र प्रेम महर्जन, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री, बागमती प्रदेश सभाका सांसद्, सम्बन्धित स्थानीय तहका प्रमुख,उपप्रमुख, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लगायतको संलग्नता रहेको थियो ।

Health Tips Ad Road Block