Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विश्व बैंकबाट २० अर्ब ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले गरेका निर्णय यस्ता छन्

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले विश्व बैंकबाट २० अर्ब १२ करोड रूपैयाँ ऋण लिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल डिजास्टर रेजिलेन्स क्रेडिट विथ क्यास्ट्रोफ ड्रडाउन अप्सन मार्फत् उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर (२० अर्ब १२ करोड) रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय गरेको हो ।

यस्तै बैठकले हरित, उत्थानशील र समावेशी विकासका लागि विश्व बैंकबाट थप १३४ मिलियन (१८ अर्ब १० करोड) ऋणसहायता स्वीकार गर्ने सम्बन्धमा मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले विपदजन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुन निर्माण प्रयोजनका लागि सरकारलाई अनुदान स्वरुप प्राप्त हुने मालवस्तुम भन्सार महसुल छुट गर्ने निर्णय गरेको छ ।

कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने, सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

Health Tips Ad Road Block