ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने, प्रहरीले चिट काट्दा डिजीटल पेमेन्ट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ। नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने व्यवस्था गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्था गरिएको बताएका हुन् ।

सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको उनले बताए । यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको प्रधानमन्त्रीको दाबी छ।

भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको र कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौं। राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौं।’

Health Tips Ad Road Block