Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

समस्याग्रस्त सहकारीका ऋणीलाई पैसा फिर्ता गर्न ७ दिने समयसीमा, ऋण नतिरे सम्पत्ति रोक्का गरी कालोसूचिमा राखिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। समस्याग्रस्त घोषणा भएका सहकारीका ऋणीलाई अन्तिम मौकास्वरुप ऋण तिर्नका लागि ७ दिनको समयसीमा दिइएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सूचनामार्फत यसअघि पनि पटक पटक सूचना र ताकेता गर्दा पनि ऋण नतिरेका समस्याग्रस्त सहकारीलाई अन्तिम मौकास्वरुप ७ दिनको समयसीमा दिएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘ नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित भै सोही ऐनको दफा १०५ बमोजिम सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि यस समिति समक्ष लेखी आएकोले समस्याग्रस्त घोषित संस्थाका संचालक, व्यवस्थापकहरु, ऋणी सदस्यहरु र कर्मचारीहरुलाई आफ्नो दायित्व भुक्तानीको लागि पटक–पटक राष्ट्रियस्तरको पत्रपत्रिका र एसएमएसमार्फत ३५ दिने सूचना समेत प्रेषित गरेकोमा केही ऋणी सदस्यहरु बाहेक अधिकांश ऋणी सदस्यहरुले सम्पर्क पनि नगरेको र आफूले तिर्न बुझाउनु पर्ने दायित्व समेत तिरे बुझाएको नदेखिएकोले अब अन्तिम पटक दैनिक राष्ट्रिय पत्रिका गोरखापत्रमा ७ दिने सूचना प्रकाशित गर्ने र सो अवधिसम्म पनि ऋणीहरु तथा जमानीकर्ताहरुले आफ्नो दायित्व तिर्न बुझाउन नआएमा निज ऋणी र निजका एकाघरका परिवारहरुको श्री सम्पत्ति, बैंक खाता तत्काल रोक्का गर्ने, कालो सूचिमा राख्ने र रोक्का राखिएको सम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को देहाय खण्ड (क) (ख) (ग) सहकारी नियमावली, २०७५ बमोजिमको कारवाही अगाडी बढाई ऋण असुल उपर गर्ने निर्णय गरियो ।’

 

Health Tips Ad Road Block