गोरखा । आजदेखि तीन दिन मनकामना केबलकार बन्द हुने भएको छ ।
केबुल कारको मेन लट्ठा छोट्याउने तथा अन्य मर्मत सम्भार कार्यका लागि केबलकार सेवा मंगलबार, बुधबार र बिहीबार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
यसअनुसार कार्तिक २ गते शुक्रबारबाट केबलकार सेवा नियमित सुचारू हुने कम्पनीले जनाएको छ ।
यसअघि पनि दशैंको टीकाको दिन र त्यसको भोलिपल्ट केबलकार सेवा बन्द गरिएको थियो ।