तुलसिपुर । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेकाे बताएका छन् ।
गृहवडामा आयाेजित अगुवा कार्यकर्ता भेलामा महासचिव पाेखरेलले जनतालाई आशाकाे सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएकाे भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन आग्रह गरे ।
महासचिव पाेखरेलले केपी शर्मा ओली नेतृत्व सरकारले विकासका माध्यमबाटजनताकाे जीवनस्तर उकास्ने,बदल्ने, पशुपालन,खेतीपाति नयाँपन, पूर्वाधार निर्माण ,राेजगार बढाउन सिर्जना गर्ने काम अघि बढाएकाे दाबी गरे ।