Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विद्यालय विपद् व्यवस्थापनका लागि प्रति प्रदेश २ करोड र पालिकाहरुलाई ६ देखि ४ लाख

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विषयगत समितिको बैठक बसेको छ । हालै आएको बाढी पहिरोबाट विद्यालय र शिक्षा क्षेत्रमा पुगेको क्षतिको जानकारी, तत्काल राहत तथा पुनर्स्थापना र भावी योजनाका बारेमा तीनै तहका सरकारबीच छलफलसहित क्षतिको लेखाजोखा र समन्वय कार्ययोजना योजना बनाउन बैठक बसेको हो ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विपद्मा सबै तहका सरकार र जिम्मेवार निकाय तथा व्यक्तिहरूले निस्वार्थ भावले मानवीय संवेदनशीलतालार्इ ख्याल राखी कार्य सम्पादन गर्न आग्रह गरिन् । भट्टराईले विद्यालयलाई विपद् व्यवस्थापनका लागि शैक्षिक कार्यक्रम शीर्षकमा प्रति प्रदेश दुई करोडका दरले वित्तीय सहयोग हस्तान्तरण गरिएको, आपत्‌कालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना कार्यान्वयनका लागि महानगरपालिकामा छ लाख, उपमहानगर‌पालिका र नगरपालिकालाई ५ लाख र गाँउपालिकालाई ४ लाखका दरले बजेट व्यवस्थापन गरिएको उल्लेख गरिन् ।

मन्त्री भट्टराईको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकमा प्रदेश सरकारहरूका शिक्षा हेर्ने मन्त्रालयका मन्त्री, मन्त्रालयका सचिव, बाढी प्रभावित स्थानीय तह‌का प्रमुख तथा शिक्षा शाखा प्रमुख, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, विभागीय प्रमुख, सहसचिव लगायतको सहभागिता थियो ।

बैठकमा जोखिम मूल्याङ्‌कन, शैक्षिक सामग्री व्यवस्थापन, अस्थायी सिकाइ केन्द्र निर्माण, खानेपानी, शौचालय र खेल मैदान व्यवस्थापन, मनोसामाजिक परामर्श तथा स्रोत व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो ।

बैठकमा अघिल्लो बैठकको समीक्षा सहित पाँचथर, मोरङ, सप्तरी, सर्लाही, सिरहा पर्सा, दोलखा, सिन्धुली, रसुवा, ललितपुर, काभ्रे, मकवानपुर, गुल्मी, रूपन्देही, नवलपरासी पश्चिम, हुम्ला, जाजरकोट, सुर्खेत, भक्तपुर, चितवन, धादिङ, काठमाडौं, खोटाङ, उदयपुर, कपिलवस्तु, बारा र तनहुँ जिल्लामा गरी कुल ५४ स्थानीय तहका २०० विद्यालयमा पुगेको क्षतिको विवरणसहित तत्काल गर्नुपर्ने कामका सम्बन्धमा छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

 

Health Tips Ad Road Block