ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

सरकारले तरकारी तथा फलफूलको बजार मूल्य नियन्त्रण गर्ने, मूल्य नै तोकिदिने

bf dear shoes jutta mela 2082 baishak-jesth

काठमाडौं । सरकारले तरकारी तथा फलफूलको बजारमूल्य आकाशिएपछि त्यसलाई नियन्त्रण गर्ने बताएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काठमाडौंको कालीमाटी, कुलेश्वर र बल्खु लगायत क्षेत्रमा रहेका तरकारी तथा फलफूल बजारको अनुगमन गर्दै बजार मूल्य नियन्त्रण गर्ने बताएका हुन् ।

चारैतिरबाट बजारमा तरकारी तथा फलफूलको मूल्य आकासिएको भन्दै सरकारको आलोचना बढ्न थालेपछि आइतबार ढिलो गरी मन्त्री भण्डारी तरकारी तथा फलफूल बजारको अनुगमन र निरिक्षणमा पुगेका थिए । उनले सम्बन्धित पक्षसँगको छलफलपछि किसानले पाएको मूल्य र बिक्री मूल्य हेरेर सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताए ।

यता उपभोक्ताहरूले भने बजारमा तरकारी तथा फलफूलको मूल्य दश गुणासम्म बढाएको भन्दै व्यापारीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

Health Tips Ad Road Block