skip this News Page Tips Ad Road Block

तत्काल पेट्रोलियम पदार्थको अभाव नहुने

काठमाडौं । नेपाल आयल निगमले बजारमा तत्काल पेट्रोलियम पदार्थको अभाव नहुने भएको जनाएको छ ।

अविरल वर्षाका कारण बाटो नियमित रूपमा सुचारु नभए पनि पर्याप्त मौज्दात रहेकाले अभाव नहुने नेपाल आयल निगमले जनाएको छ ।

निगमले उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेकाले अभाव नहुने स्पष्ट पारेको हो । निगमका अनुसार हाल पाँच हजार तीन सय किलोलिटर पेट्रोल, छ हजार तीन सय किलोलिटर डिजेल र चार हजार किलोलिटर हवाई इन्धन मौज्दात रहेको छ । एक हप्तालाई पर्याप्त पुग्ने मौज्दात रहेको निगमले जनाएको छ ।

यद्यपि वर्षाका कारण बाटो अवरुद्ध हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति नियमिततामा भने केही समस्या देखिन थालेको छ ।

Health Tips Ad Road Block