Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जेबिएनएल सेक्यूरिटिज् काे प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्रसम्बन्धी कारोबार गर्ने कम्पनी जेबिएनएल सेक्यूरिटिज लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ । साथै कम्पनीको नाम जेबिएनएल सेक्यूरिटिज लिमिटेडबाट मुख्य कम्पनीको नामसँग सामञ्जस्य हुनेगरी ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीको सम्बन्धीत प्रावधानमा संशोधन सर्वसम्मतिबाट स्वीकृत गरिएको छ ।

सभामा कम्पनीको एकमात्र शेयरधनी ग्लोबल आईएमई बैंकबाट अधिकार प्राप्त प्रतिनिधि विश्व सुवेदी, कम्पनी रजिष्ट्रारका प्रतिनिधि, कम्पनीका संचालकहरु, प्रबन्ध निर्देशक, सेवाग्राही, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block