ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आइएमई पेबाट मात्र रु.१ मा हवाई टिकट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आउँदै गरेको नेपालीहरुको महा चाडपर्व( दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र रु। १ मा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने यस योजना अन्तर्गत आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरुले रु। १ मा टिकट प्राप्त गर्नेछन् । भाग्यशाली विजेताहरुले खरिद गरेको हवाई टिकटको रु। १ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरुप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन्।

आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा रु। ८१ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीहरुले चन्द्रागिरी हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

चाड पर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीहरुलाई लक्षित गरी आइएमई पेले यस अफर सार्वजनिक गरेको छ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरु माझ महान् चाडपर्वको अवसरमा कृतज्ञता र उपहार स्वरुप समर्पण गरिएको जानकारी दिएका छन् ।

साथै आइएमई पे मार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीहरुले आफ्नो हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता योग्य गरेर आफ्नो लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ता बिना आफ्नो यात्राको आनन्द लिन सक्छन्। आइएमई पेका प्रयोगकर्ताहरूले हवाई टिकट खरिद गर्ने समयमा आइएमई पे रिफन्डेबल विकल्प सजिलैसँग स्विच गर्न सक्ने र थोरै प्रिमियम तिरेर यसको फाईदा पूर्ण उठाउन सक्न कम्पनीले जनाएको छ । योजनाहरूमा परिवर्तन आउँदा प्रयोगकर्ताहरूले कम्पनीको ग्राहक सेवामा समर्पित कर्मचारीलाई सम्पर्क गरेर फिर्ताको अनुरोध प्रारम्भ गर्न सक्ने कम्नीको भनाइ छ ।

Health Tips Ad Road Block