ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री ओली र एमसिसीका कार्यकारी प्रमुखबीच भेटवार्ता

Citizenlife ad 2082 falgun to baishak 2083

न्युयोर्क (अमेरिका)। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन च्यालेन्ज (एमसिसी) का कार्यकारी प्रमुख एलिस म्याकब्राइटले भेट गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रममा सम्बोधन गरेका छन् । त्यसक्रममा विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।

यता अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी भएकी छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा संयुक्त राज्य अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी भएकी हुन् । अमेरिकी राष्ट्रपति जो वाइडेनका पत्नी डा. जिल वाइडेनद्वारा आजोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका पत्नी राधिका शाक्य सहभागी भएकी हुन् ।

न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिएका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो ।

Health Tips Ad Road Block