skip this News Page Tips Ad Road Block

ग्लोबल आइएमई बैंकको पुरुष र महिला दुवै टोली अन्तरबैंक फुटसल २०८१ को विजेता

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिलातर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए ।

उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिला तर्फका टोलीहरु सहभागि रहेका थिए । अन्तर बैंक फुटसल २०८१ को प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ ग्लोबल आइएमई बैंक विजेता हुनुका साथै पुरुष र महिलातर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिला तर्फको उत्कृष्ट गोलरक्षकको उपाधी समेत जितेको छ ।

उक्त प्रतियोगिताको फाइनल खेलमा पुरुषतर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकास बैंक र महिलातर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो । ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पुरुषतर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका शशाङ्क निरौलाले हात पारेका थिए । साथै, महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधी ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन् ।

साथै, आफ्नो सबै खेलहरुमा उत्कृष्ट बचाउ गरेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोल रक्षक केश माया गुरुङ्गले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधी समेत हात पारेकी छिन् ।

ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा विजेता भएकाले खेलकुद प्रतियोगिताहरुमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रुपमा हेर्ने गरिन्छ । अन्तर बैंक फुटसल २०८०मा महिला तर्फको उपाधी पनि ग्लोबल आइएमई बैंकले जितेको थियो । यो वर्षको विजेता उपाधीसँगै ग्लोबल आइएमई बैंकको महिलातर्फको विजेता उपाधी लगातार दोस्रो पटक हो ।

Health Tips Ad Road Block