skip this News Page Tips Ad Road Block

अन्नपूर्ण न्यूरो अस्पताललाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको समय

काठमाडौं । अन्नपूर्ण न्यूरो अस्पतालले फोहर व्यवस्थापनका लागि आफ्नो कार्ययोजना नबनाएको पाइएको छ । आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशालासहितका स्थानमा हेर्दा फोहर वर्गीकरणमा एकरुपता नदेखिएको हो । बिनको रङ्ग संकेत फरक थियो । काठमाडौं महानगरको अनुगमनकाक्रममा सर्वसाधारणले कुन बिनमा कुन फोहर राख्ने भन्ने जान्न हानीकारक फोहर निर्मलीकरण गर्ने प्रविधि जडान गरिएको पाइएैको थियो ।

यो प्रविधिबाट निर्मलीकरण भएको फोहर जोखिममुक्त भयो कि भएन भनेर भन्न सक्ने अवस्था देखिएन । विक्री योग्य फोहर राखिएको ठाउँमा कालो प्लाष्टिकमा पोको बनाइएको फोहर थियो । यससँगै पानी बगिरहेको थियो ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको, फोहर संकलन केन्द्र भूमिगत तलामा रहेको पाइएको छ । भूमिगत तला पार्किङ् प्रयोजनका लागि हुनुपर्ने त्यसो नभएको पाइएको हो ।

Health Tips Ad Road Block